२०८३ साउन २२, शुक्रबार
  • Pramesh Tamu १५ घण्टा अगाडि

प्रमेश तमु टोकियो, जापान।

तमु धीं जापानको आयोजनामा हुन लागेको २८औँ रोधी साँझ–२०२६ अन्तर्गत आयोजना गरिने “NIMA RUMBA & MERCURY BAND – LIVE CONCERT IN TOKYO” का लागि नेपाली पप संगीतका चर्चित गायक, गीतकार तथा संगीतकर्मी निमा रुम्बा जापानको राजधानी टोकियो आइपुग्नु भएको छ।

बुधबार २८ औ रोधीं कार्यक्रम संबन्धी जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलन तथा कलाकार स्वागत कार्यक्रममा आयोजकले आगामी अगस्ट ९, २०२६ (आइतबार) टोकियोको WARP CLUB SHINJUKU मा निमा रुम्बाले आफ्नो Mercury Band सहित विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। कार्यक्रम बिगतभन्दा भब्य र दर्जनौ संगितकर्मीको धमकेद्वार प्रस्तुती रहने नमस्ते ब्याण्डका संस्थापक, गाएक तथा तमु धीं जापानका संस्थापक हाल संरक्षक समेत रहेका इश्वर गुरूङले बताउनु भयो ।

तमु धीं जापानको वार्षिक सांस्कृतिक कार्यक्रमका रूपमा आयोजना हुँदै आएको २८औँ रोधी साँझ–२०२६ को मुख्य आकर्षण निमा रुम्बाको लाइभ कन्सर्ट रहनेछ। साथै, तमु धीं जापान सांस्कृतिक परिवार का कलाकारहरूले तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचान झल्काउने विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै तमु धीं जापानका अध्यक्ष अमर गुरुङ ले जापानमा रहेका नेपाली संगीतप्रेमीका लागि निमा रुम्बाको प्रत्यक्ष प्रस्तुति अविस्मरणीय अवसर हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले मनोरञ्जन मात्र नभई तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्दै सामुदायिक एकता बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने अध्यक्ष गुरुङको भनाइ थियो।

कार्यक्रममा ईश्वर गुरुङ, ओम गुरुङ, FNJ जापानका संस्रथापक तथा पत्रकार तिलक मल्ल, रबीन सेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो। भने कार्यक्रमको संचालक टेकन तमुले संचालन गर्नु भएको थियो ।

आयोजकका अनुसार कार्यक्रम अगस्ट ९ (आइतबार) दिउँसो ४ बजेदेखि साँझ ७ः३० बजेसम्म सञ्चालन हुनेछ। विगतका वर्षहरूझैँ यस वर्ष पनि कार्यक्रमबाट प्राप्त हुने मुनाफा सामाजिक तथा सामुदायिक हितका विभिन्न कार्यमा खर्च गरिने जनाइएको छ।

कार्यक्रमका लागि VIP टिकट १० हजार येन, सामान्य टिकट ५ हजार येन तथा अग्रिम टिकट ४ हजार येन निर्धारण गरिएको आयोजकले जनाएको छ।

तमु धीं जापानले हरेक वर्ष आयोजना गर्दै आएको रोधी साँझ तमु समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदानप्रदान र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको कार्यक्रम हो।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य