२०८३ साउन २७, बुधबार
  • Pramesh Tamu २ महिना अगाडि

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शिक्षक दिलीपचन्द्र राईले बताए । लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका संरचनामा क्षति पुर्‍याएको छ ।

सडकमा क्षति पुगेका कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङदेखि भोजपुर हुँदै पुर्वी शहर जाने–आउने सवारी साधन रोकिएका छन् ।क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहितको जनशक्ति परिचालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

सो क्षेत्रमा विगतमा पनि पहिरो झर्ने गरेको थियो । गत जेठ २३ गते बिहान लप्से खोलामा झरेको बाढीले सडक बगाएपछि नौ घण्टा सवारी साधन आवत–जावत ठप्प भएको थियो ।

लप्से खोलामा २०७३ सालमै पक्की पुल बनिसक्नु पर्ने थियो तर ठेकेदारको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको छ । खोलामा पुल नहुँदा वर्षाको समयमा यात्रु तथा मालवाहक सवारी साधन, एम्बुलेन्स, बाइक र पैदल यात्रीसमेत घण्टौं रोकिन बाध्य छ

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी