२०८३ साउन ११, सोमवार
  • Shyam chhetri १० महिना अगाडि

साइबर क्राइमको आरोप लागेका नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् ।

प्रहरी प्रशासन स्रोतका अनुसार बस्नेतसँग बयान लिने तयारी गरिएको छ। बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्।

तर अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो।

त्यसअनुसार उनी बुधबार बिहान ब्युरो पुगेका हुन् र केहीबेरमा बयान सुरु हुने बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ