२०८३ साउन ११, सोमवार
  • Shyam chhetri ३ वर्ष अगाडि

मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ ।

योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहिँ मेटाले खुलाएको छैन ।

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरूले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पुरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् ।

क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टागम प्रयोगकर्तालाई मेसेज गर्न सक्ने छैनन् ।

मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रूपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपमा मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ