२०८३ साउन ३१, आइतवार
  • newsportal ३ वर्ष अगाडि

मोरङ :  प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकारलगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेताले हामीसँग गरेको कुराकानीका आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनले बताए । ´राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएकोबाट पनि उहाँहरूको मनसाय उजागर भएको छ,` कोइरालाले भने, ´गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्थ्यो ।`

उनले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताएका छन् । प्रदेश सरकार विस्तार दसैपछि मात्रै हुने पनि कोइरालाको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।