२०८३ साउन ३१, आइतवार
  • newsportal ३ वर्ष अगाडि

काठमाण्डौ: गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ।

मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्षमा पराजित उम्मेदवार र महासचिवका उम्मेदवार लगायतले चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।

‘मलाई लगभग ८० प्रतिशतले भोट हालेका छन्। तर शून्य देखाइयो,’ महासचिवका उम्मेदवार पौडेलेले भने, ‘म आफैंले हालेको भोट पनि देखाइएन।’अध्यक्षमा निर्वाचित बद्री केसी यसअघि पनि अध्यक्ष हुन्। यसपालि आरके शर्मा र महेश श्रेष्ठ बद्री केसीसँग अध्यक्षको प्रतिस्पर्धामा थिए।

घोषणा गरिएको परिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भए। यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे।पराजित भएका दुबै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरूले बद्री केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाएका छन्।

‘हामीलाई सुनियोजित रूपमा हराइएको हो। आफूले आफैंलाई भोट नहाल्ने भन्ने हुँदैन। एनआरएनएमा माफियातन्त्र हाबी भयो। यसको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।उपाध्यक्षमा विजयी भएका खगेन्द्र न्यौपानेले पनि आफ्नो जित नस्वीकार्ने बताएका छन्। ‘मैले जितेको होइन, एनआरएनएले हारेको छ। यो जित म स्वीकार गर्दिनं,’ उनले भने।

उनीहरूले यो अधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै अवैध रहेको बताएका छन्। ‘हामी यो कार्यसमितिलाई मान्दैनौं, तत्काल तदर्थ समिति बनाएर नयाँ कार्यसमिति चयन गर्छौं,’ पौडेलले भने।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।