नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्।
मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवार मध्ये सबैभन्दा कम मत प्राप्त गरेका छन । उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्।