नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली भारि मतले बिजयी भएको छ ।
आज भएको मतदानको मत परिणाम अनुसार ओलीले प्रतिद्वन्द्वी भीम रावललाई भारि मतले हराउँदै दोस्रो पटक अध्यक्षमा निर्वाचित बनेका हुन् । सबै मत परिणाम आइसकेपछि आयोगले ओलीलाई बिजयी घोषणा गर्ने छ ।
दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।