२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट  अध्यक्ष पदमा केपी शर्मा ओली भारि मतले बिजयी भएको छ ।

आज  भएको मतदानको मत परिणाम अनुसार ओलीले  प्रतिद्वन्द्वी भीम रावललाई भारि मतले  हराउँदै दोस्रो पटक अध्यक्षमा  निर्वाचित बनेका हुन् । सबै मत परिणाम आइसकेपछि आयोगले  ओलीलाई बिजयी घोषणा गर्ने  छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु