२०८३ साउन २१, बिहिबार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं : जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७२  पदकसहित दोस्रो  स्थानमा झरेको   छ भने  अमेरिका चीनलाई  उछिन्दै शीर्ष स्थान ओगट्न सफल भएको हो।

चीनले हालसम्म 33  स्वर्ण, २४  रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका पहिलो  तथा जापान चोथो  स्थानमा रहेका छन्। अमेरिकाले २७  स्वर्ण, ३४  रजत र २४  कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १३  कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १६  कास्य पदक प्राप्त गरेको  छ। अस्ट्रेलिया १७  स्वर्ण, चार रजत र १8  कास्य पदकसहित पाँचौँ स्थानमा छ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ। उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ  कास्यका साथ आठौँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ