नेकपा एमालेका नेता माधवकुमार नेपाल शेर बहादुर देउबा निबाश बुढानिलकण्ठ पुग्नु भएको छ । राष्ट्रपतिको पछिल्लो कदम र प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी हुन नेता नेपाल देउबा निबाश पुगेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बूढानीलकण्ठ पुगिसकेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।