मंगलबारको नेकपा सचिबालय बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन।
उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको र अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने समेत बताए ।
बैठकमा वरिष्ठ नेता नेपालले ओलिले पुर्ब मावोबादी र पुर्ब एमाले भनेर छुट्याउने गरेको प्रती आक्रोस ब्याक्त गक्दै अब पूर्वएमालेहरुएकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिँदै केपीओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताए ।
यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गरे । उनले भने, ‘पार्टी फुट्छ अनि एमालेएकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ ।’
पूर्वमाओवादी र पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताए । ‘के हिजो माले रमार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो ? त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिलेनेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’