काठमाडौँ — सत्तारुढ दल नेकपा सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ ।
दुवै अध्यक्षले ल्याएका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा अर्को बैठक बस्ने गरी बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुनने समेत प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।