प्राय जसो मानिसहरू बिहान सबेरै उठेर चिया पिएर आफ्नो दिनको सुरुवात गर्ने गर्दछन् l तर बिहानै उठेर चिया पिउनु भन्दा उत्तम पानी पिउनु रहन्छ l जसले मुड फ्रेश बनाउनका साथै स्वास्थ्यमा पनि फाइदाजनक साबित हुन्छ l
जान्नुहोस् बिहानै उठेर पानी पिउनका फाइदा :
- बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगको समस्याबाट पनि छुटकारा पाउन सकिनेछ l
- यदि बिहानै उठेर पानी पिउनु हुन्छ भने शरिरभित्र रहेका हानीकारक तत्व सफा हुनका साथै रगत सफा गरी छालासमेत चम्काउने गर्दछ ।
- सबेरै उठी पानी पिउने बानी बसाले पेट सफा भई कम्जियत जस्ता समस्याबाट पनि मुक्ति हुन् सकिनेछ l
- बिहानै पानी पिउने गरेमा शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ जसले गर्दा शरीरका मांसपेशीलाई पनि बलियो बनाउँदछ ।
- यदि तपाईँ आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान सबेरै उठी पानी पिउने बानी बसाली हाल्नुहोस् l