कोरोना भाइरसबाट बिस्व आतंकित बनिरहेको अबस्थामा अमेरिकाले प्रथम पटक खोपको पहिलो मानव परीक्षण सुरु गरेको छ ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीको रिपोर्ट अनुसार सियाटल, वाशिंङ्टनमा रहेको कैसर स्थायी अनुसन्धान केन्द्रमा चार बिरामीहरूबाट यो खोपको परिक्षण गरिएको हो ।
खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन ।
यसअघि, दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो । तर, एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।
यसमा स्वयम्सेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोजहरु दिइएको छ । उनीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइनेछ ।
यदी सुरुवाती परीक्षण सफल भए पनि खोपलाई साधारण व्यक्तिलाई दिनका लागि तयार हुन १८ महिनासम्म लाग्ने बताइएको छ ।