एजेन्सीः विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड हुनेमा फेसबुकका चार एप्स रहेका छन् ।फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्स एप्स र इन्स्टाग्राम हो । सन् २०१० देखि सन् २०२० सम्म सबैभन्दा बढी डाउनलोड भएका एप्सको सूची एप एनीले प्रकाशित गरेको थियो ।
सूचीमा ह्वाटस एप तेस्रो र इन्स्टाग्राम चौथो स्थानमा परेको छ । सन् २०१४ मा ह्वाट्स एप र सन् २०१२ मा इन्स्टाग्रामलाई फेसबुकले किनेको थियो ।
ती प्रत्येक एप्स एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् । अक्सफर्ड इन्टरनेट इन्स्ट्ट्यिुटमा वरिष्ठ अनुसन्धानकर्ता समेत रहेका ताहा यासेरीले यो राम्रो नभएको प्रतिक्रिया दिएका छन्।
सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप्स एउटै कम्पनीका हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो । ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्ने हो भने कुनै पनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ । त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।
सूचीमा पाँचौ र छैंठो स्थानमा स्न्यापच्याट र स्काइप छन् । त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र युसी ब्राउजर छन् । युट्युब र ट्वीटर पनि शीर्ष १० मा पर्न सफल भएका छन् । शीर्ष १० मध्य ८ वटा अमेरिकी कम्पनीका एप्स छन् । यो दशकमै सबैभन्दा डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्र्माकको किलूले बनाउँछ।
क्यान्डी क्रस सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा परेका छन्।