कपिलवस्तु,२पुष
तराईका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।
बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ । जाडोका कारण बिहान स्कूल एवं क्याम्पस पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत बिहान देखी काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिसो बढेपछि सर्वसाधारण व्यक्तिहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
कपिलवस्तु जिल्ला भित्र ताैलिहवा,महाराजगन्ज ,पकडी,बहादुरगन्ज,कृष्णनगर,चनराैटा,४ नम्बर , गाेरुसिङ्गे अन्य ठाउँमा पनि बढेको छ।