२०८१ जेष्ठ १, मङ्लबार
  • Namaste Khabar २ वर्ष अगाडि

काठमाडौं:  सत्ता गठबन्धनमा आफुले चाहेको जस्तो सिट नपाएपछी चिडिएका उपेन्द्र यादब अहीले एमालेसँगको गठबन्धनको निम्ति निरन्तर बार्तामा छ ।

एता सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहदा पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिषलाइ छाडेर उपेन्द्र यादब भने एमाले  अध्यक्ष ओलीसंग छलफलको लागि बालकोट जुटेका छन् ।सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय समेत गरिसकेको छ  । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताएका छन् ।

गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

मधेस केन्द्रित दल र नेताहरुको बिगत वर्तमान सत्ता सक्ति र स्वार्थ केन्द्रित मात्र रहेको देखिएकोले जसपा एमालेसंग गठबन्धन गर्न नसक्ला भन्न सकिन्दैन । यो कुरा थाहा पाएका गठबन्धनलाइ भने अहिले तनाब भएको छ ।

फेसबुक प्रतिक्रियाहरु