२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिएका छन ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएको जानकारी दिए ।
उनले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको छ । उद्धारको कार्यमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक सङ्घ संस्था परिचालन गरिएको गृहमन्त्री बताए ।

आपतकालीन उद्धार तथा राहतका लागि हेलिकप्टर तैनाथ अवस्थामा राखिएको, १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने, सात स्थानमा खोलाको निकास खोल्ने काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । डुबान क्षेत्रमा रोग फैलिन नदिन आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना