hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ महिना अगाडि

२७ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गरे ।

साथै, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन पनि दिए । प्रचण्डले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे ।

‘मैले के देखिराखेको छु भने अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौं हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँनयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ,’ प्रचण्डले भने, ‘भ्रम मुक्त भए यहाँ त, यहाँ लडेर त हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेछन्, सक्दा रहेनछन् भन्ने हेरिसक्या हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यी हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले । अब जहाँ बुझ्न पा छैनन् विचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ । त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ ।’

प्रचण्डले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी पनि गरे । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको प्रचण्डको तर्क छ ।

‘सबै कमरेडहरू यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त छ । हामीले धेरै मेहनत गरेर अप्ठ्यारो बेलामा पनि हामीले यो देशलाई बचाउने हिसाबले, राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौँ, हामीले त्यो भूमिका खेल्यौँ र अहिले निर्वाचनतर्फ देश केन्द्रित छ,’ प्रचण्डले भनेका छन्, ‘यद्यपि कतिपय पार्टीहरूले यो निर्वाचन नभइदिए हुन्थ्यो, निर्वाचन सारे हुन्थ्यो, संसद पुनर्स्थापना गरे हुन्थ्यो भन्ने पनि थिए अझै पनि भन्छन् ।’

फेसबुक प्रतिक्रियाहरु