२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

खानाको स्वाद बढाउन र बास्नाका लागि लसुनको प्रयोग आमस्तरमा धेरै हुने गरेको छ । के तपाईलाई जानकारी छ, लसुनमा महत्वपूर्ण औषधीय गुण पनि हुन्छ । आउनुहोस् जानौं, लसुन खानुका ५ कारण :

रगत सफा राख्छ
लसुनले हाम्रो शरीरमा भएको रगतलाई सफा बनाउँछ । अझ यसको काँचो २ वटा पोटी मनतातो पानीसँग खान सकिएमा यसले रगत सफा मात्र बनाउँदैन तपाईको अनुहार नै चम्किलो बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
लसुनमा रोग प्रतिरोधात्मक क्षमता अत्याधिक हुन्छ । तपाईलाई रुघाखोकीले ग्रस्त बनाएको छ भने लसुनको पोटीलाई मह वा दुधसँग मिलाएर खानुहोस, धेरै आराम हुन्छ ।

क्यान्सरबाट बचाउँछ
बिभिन्न शोधहरुले यो सिद्ध गरेका छन की, नियमित लसुनको सेवन गर्नाले ब्लेडर, ब्रेस्ट र स्टमक याने कि पेटको क्यान्सरसँग सफलतापूर्वक लड्न सकिन्छ ।

कोलस्ट्रोलको स्तर घटाउँछ
लसुनमा हुने एन्टी अक्सिडेन्ट गुणले कोलस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्छ । र देखिएको पनि छ, नियमित लसुनको सेवनले ब्लड प्रेसर र मधुमेहलाई नियन्त्रणमा राख्छ ।

इन्फेक्शन हुन दिँदैन
औषधीय गुणले भरिपूर्ण लसुनमा एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण पाइन्छ । यसको सेवनले सानातिना इन्फेक्शन सहजै भगाउँछ ।

नोटः
आवश्यकता भन्दा बढी लसुन खाएमा त्यो स्वास्थ्यको विपरित पनि हुनसक्छ । धैरै लसुन खायो भने मुख, सास गनाउनुका साथै पूरै शरीर नै गनाउने तथा पेट पोल्ने र आलस्य हुने संभावना उत्तैकै हुन्छ ।
त्यसैले माथि उल्लेख गरिएको कुनैपनि बिधि अपनाउनु अघि अनुभव प्राप्त आयुर्वेद चिकित्सकसंग सल्लाह लिनु उत्तम हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना