२०८१ बैशाख १७, सोमवार
  • Shyam chhetri ३ महिना अगाडि

सांकेतिक तश्वीर

षड्यन्त्र गरेर मारिएको आफन्तको आरोप

 

तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा निधन भएको छ ।

मङ्गलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीको बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको निधन भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा किशोरीको बुवा गम्भीर घाइते भएका थिए । त्सयपछि सिन्धुली जिल्ला अस्पताल पुर्‍याइएका उनको निधन भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । ट्याक्टर चालक भने सामान्य घाइते भएको र उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् ।

उता मृतकका आफन्तले भने किशोरीको बुवालाई षड्यन्त्र गरी मारिएको आरोप लगाएका छन् । किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए ।

मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु