hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फ़ोनिज) जापानको चौथो अधिबेसन सम्पन भएको छ ।

अधिबेसनले पुनः  फुर्बा शेर्पाको नेतृत्वमा २०२३-२५ कार्यकालको लागि १३ सदस्यिय कार्य समितिको समेत सर्ब सहमतिले  चयन  गरेको छ । २०२३-२५ कार्यकालको लागि अध्यक्षमा पुर्बा शेर्पा सहित सचिबमा प्रमेश तमु चयन भएका छन् । शेर्पा र तमु नेपाल पत्रकार महासंघ जापानका शाखाका बर्तमान कार्यसमिती सदस्य समेत हुन् ।

यसैगरी उपाध्यक्षमा इन्द्र लामा, सह-सचिबमा पुनम गुरुङ, कोष अध्यक्षमा राम तामाङ्ग, रहनु भएको छ । सदस्यहरुमा क्रमश म्हेन्दो तितुङ, पेम्बा शेर्पा, चन्द्र गुरुङ, गणेश थापा मगर, शंकर हरि राइ, गणेश घिसिङ्ग, अमर लामा, अनन्य गुरुङ रहेका छन् ।

स्थापना दिबशको सातौ वर्ष पुरा गरि आठौ बर्षमा प्रवेश गरेको अवसरमा  फ़ोनिज जापानले “फ़ोनिज आवाज” नामक स्मारिका समेत सार्बाजानिक गरेको छ । समारिका, फ़ोनिज जापानका अध्यक्ष फुर्बा शेर्पा,  जापानका लागि नेपालका राजदुत डा. दुर्गा बहादुर सुबेदी, NRNA जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, नेफिन जापानका बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, NRNA जापानका प्रबक्ता खगराज गौतम, बिजय थकाली अध्यक्ष NBA जापान, NRNA, ICC सदस्य ओम गुरुङ,  अन्तराष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी, लगाएतले सयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा फ़ोनिजले  NRNA जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग  सहित नेपालि भाषा शाहित्य,कला क्षेत्रमा   योगदान पुर्याउदै आएका करिब आधा दर्जन जति जापानिज नागरिकहरुलाई समेत  दोसल्ला र नेपालको झण्डा दिएर सम्मान समेत गरेको थियो ।

फ़ोनिज जापानका सचिब सजिना मोक्तानद्वारा संचालित  उक्त कार्यक्रम, जापानका लागि नेपालि राजदुत डा दुर्गा बहादुर सुबेदी, नेफिन जापानका बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, अन्तराष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ,NRNA जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग लगाएतकाले स्वागत शुभकामना मन्तब्य राख्नु भएको थियो भने फ़ोनिजको तर्फबाट शासिकला मोक्तानले स्वागत मन्तब्य राख्नु भएको थियो ।

अधिबेशन कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, जातीय संस्थाका प्रतिनिधिहरु पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

नेपालका आदिबासीको अस्थितव नरहे नेपाल रहन्दैन:राजदुत 

जापानका लागि नेपालका राजदुत दुर्गा बहादुर सुबेदीले  आफु  राजदुत भएर जापान पछि जापानको पाठ्य पुस्तहरुमा पहिलो पल्ट बुद्ध नेपालमा जन्मिएको हुन् भनेर लेखिएको  बताउनु भयो ।

दर्जनौ बौध बिस्व बिद्यालय भएको देश जापानमा, बुद्ध भारतमा जन्मिएको हो भनेर पढाइ रहेको भन्दै उहाले आफु राजदुत भइ जापान आएपछि  त्यो भ्रम चिर्न सफल भएको बताउनु भयो । “यो कुरा हेर्दा सामान्य लाग्न सक्छ तर सामान्य होइन” उहाको भनाइ थियो।

आज आदिबासी जनजाती पत्रकार (फ़ोनिज) जापान शाखाको चौथो अधिबेशनमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । राजदुताबास जापान र नेपाल जनजाति महासंघ जापान मिलेर आदिबासी जनजाति दिबश मनाएको भन्दै आगामी दिनमा यो अझै  सबै जापानी उच्च पदाधिकारी ज्युहरु, मन्त्रीहरु, संसदहरु, सबै मुलुकहरुका राजदुतहरुलाई बोलाएर नेपालका आदिबासी जनजातिहरुको  मौलिक कला र सस्कृतिलाई देखाउने ठोकुवा गर्नु भयो । “आदिबासी जनजातिका मौलिक कला र सस्कृति नेपालको सम्पति हुन् भन्दै यसको संरक्षण गर्न  र बिस्वमा यसलाई चिनाउन  कसैले पनि हिनता बोध गर्न नहुने उहाले बताउनु भयो । उहाले “

भिडियो:

फेसबुक प्रतिक्रियाहरु