२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu ११ महिना अगाडि

काठमाडौँ:  माओवादी केन्द्रसहित चार दल समिलित  समाजवादी मोर्चा  सोमबार  घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।

कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए ।

समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन् । यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी  गराउने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु