२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu ११ महिना अगाडि

काठमाडौं:  जनता समाजवादी पार्टी  लगाएत कम्युनिष्ट घटक दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधारहरु  टुंगो लागेको छ ।

सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ भने केन्द्रीय मोर्चा घोषणा पछि   आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको  संरचना हुनेछ ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गरेका थिए । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

सबै पार्टीको अस्तित्व कायमै रहन्छ, पार्टीगत कार्यक्रम हुन्छ । तर साझा उद्देश्यमा एकठाउँ  हुनेछ ।  मोर्चाको सैद्धान्तिक उद्देश्य भनेको नेपाली विशेषताको समाजवाद स्थापना हुनेछ। गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना साझा संकल्प हुनेछ  ।

‘मौलिक विशेषताको समाजवाद स्थापना गर्न त्यही अनुसारको अर्थ–राजनीतिक कार्यक्रम आवश्यक हुन्छ, त्यसैले प्रगतिशील र क्रान्तिकारी शक्तिहरुको साझा मोर्चा आवश्यक परेको हो’, जसपा नेता  श्रेष्ठ भन्छन् ।

यो मोर्चामा नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतम पनि सहभागी हुने भएको छ ।  एक नेताले भने । यदि यी नेता थपिएमा यो मोर्चा पाँच दलीय हुनेछ । यसबाहेक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामै जोडिने ती नेता बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु