२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu १२ महिना अगाडि

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । जितसंगै सुब्बाले १५ लाख नगद पुरस्कार हात पारेका छन ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमेका हुन ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो ।

फेसबुक प्रतिक्रियाहरु