२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौ:  रबि लामिछानेको ड्राइभर शम्भु थापाको उपचारको क्रममा मेडिसिटि हस्पिटलमा भएको मृत्युको बिषयलाई लिएर एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले टिप्पणी गरेपछि व्यापक आलोचना भएको छ ।

बस्नेतले थापाको हत्या भएको हुनसक्ने आशंकासहितको टिप्पणी गरेपछि रबि लामिछाने समर्थकद्वारा  उनको व्यापक आलोचना भएको हो ।

उनले मंगलबार नै सामाजिक सञ्जालमा भनेका थिए, ‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुड लक रवीजी र रास्वपा । हार्दिक श्रद्धाञ्जली शम्भु थापा भाइ ।’

बस्नेतको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् । बस्नेतले मृत्युबारे राजनीति र असंवेदनशील टिप्पणी गरेको भन्दै आलोचना भएको हो ।
बस्नेतले फेसबुकमै पनि उनको आलोचनासहित हजारौँ प्रतिक्रिया आएका छन् ।

यसैबीच लामिछानेका चालक थापाको बुधबार अन्त्येष्टि गरिँदैछ । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट राजधानी ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु