२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

टोकियो: जापानी प्रधानमन्त्री किशिदा फुमियोमाथि विस्फोटक पदार्थ प्रहार गरेको आशंकामा पक्राउ परेका व्यक्तिले चुनावी योग्यताको असन्तुष्टीललाई  लिएर सरकार विरुद्ध आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२४ वर्षीय र्युजी किमुरा (संदिग्द ) ले जुन महिनामा कोबे जिल्ला अदालतमा दाएर गरेको मुद्दामा  आफूलाई उमेरको आधारमा जुलाईको सुरुमा भएको माथिल्लो सदन निर्वाचनमा भाग लिनबाट बंचित गरिएको  र ३  मिलियन  येन धरौटी  जम्मा गर्न नसकेको खुलाएको छ । किमुराले माथिल्लो सभा सदस्यको लागि  बुझाउनुपर्ने ३ मिलियन धरौटीको बिरोद गर्दै  कानुनको धाराले पनि संविधानको उल्लंघन गरेको दाबी गर्दै मुद्दा दाएर गरेको देखिएको छ ।

किमुराले लेखेका छन्, ‘लोकतन्त्रका लागि यस्तो चुनौती सहन हुँदैन”।

अदालतको अभिलेखमा  निर्वाचन कानून अन्तर्गत निर्वाचनमा उम्मेदवारीका लागि तोकिएको ३० वर्ष वा सोभन्दा बढी उमेरको योग्यता संविधानको उल्लङ्घन भएको,  उमेर योग्यता र निक्षेप प्रणाली उचित आवश्यकता भएको तर्क गर्दै अदालतले गत नोभेम्बरमा किमुरा को  मुद्दा खारेज गरेको थियो। किमुराले गत डिसेम्बरमा उक्त फैसलाविरुद्ध अपिल गरेका थिए ।

उनले गत जुलाईको माथिल्लो सदनको चुनावमा उम्मेदवार हुन अयोग्य ठहरिएपछि मनोवैज्ञानिक पीडा भएको भन्दै उनले सरकारसँग १ लाख येन वा ७ सय डलरभन्दा बढी क्षतिपूर्ति माग गरेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु