२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ:  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच २ दल बिच  एकता भएको  हो । पार्टी एकताको औपचारिक घोषण अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने जनाएको छ  । नेकपा माओवादीबाट छुटिएको बैध्य समूह र बैध्य समुहबाट फेरी छुटिएर विप्लब र बिप्लबबाट छुट्टिएर गठन भएको नेकपा बहुमत पुन: एक ठाउँमा आएका हुन् । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

हिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी विभिन्न फुटको शृखंलाबाट गुज्रिएको छ । पहिलो पटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो ।

त्यसपछि २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै बाबुराम भट्टराईले माओवादी छाड्दै नयाँ शक्ति गठन गरे । त्यसपछि रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायतका नेता पार्टीमा फर्किए । तीमध्ये थापाबाहेक अरु नेता माओवादी केन्द्रमै छन् । थापा भने नेकपा एमालेमा रहेका छन् । वैद्य समूहमा पनि पटक-पटक विभाजन भयो ।

फेसबुक प्रतिक्रियाहरु