२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ:  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ ।

उप चुनाब लगत्तै पार्टी एकता गर्ने मनसाय  सहित बारा २ बाट खरेल  रास्वपाबाट उम्मेदवार समेत  बन्दैछन् । खरेलले  रास्वपाको तर्फबाट  बारा–२ मा  उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित बनेका थिए । खरेल नेपाल प्रहरीका पुर्व डीआइजीपी हुन् ।

फेसबुक प्रतिक्रियाहरु