२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar १ वर्ष अगाडि

काठमांडौ: उपराष्ट्रपति पदमा गठबंधनको तर्फबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

यादब एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतीमा निर्बाचित भएका हुन् ।

निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने  पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।

फेसबुक प्रतिक्रियाहरु