२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ : राष्ट्रपति पदमा निर्बाचित भएर सितल निबास छिर्न बितिकै परिबर्तन भएको रामचन्द्र पौड्यालको हुलिया शीतलनिवासले सच्याएको छ ।

देश तथा बिदेस स्थित सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै सर्बत्र आलोचना भएपछी शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो ।

यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई अनावश्यक रुपमा सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई समेत गोरो बनाइ अनावश्यक सम्पादन गरिएको थियो ।

पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया दुरुस्त देखिन्छ । यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ ।

राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु