२०८१ बैशाख २५, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौं। भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।

फेसबुक प्रतिक्रियाहरु