२०८१ बैशाख १७, सोमवार
  • रिपब्लिक दैनिक १ वर्ष अगाडि

न्युयोर्क   लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसनअफ अमेरिकाकी बरिष्ठ उपाध्क्ष  बसन्ती राईको नयाँ म्युजिक भिडियोबेबी बसन्तीको उद्घाटन एक भव्य कार्यक्रमबीच समपन्न भएको

न्युयोर्कको ज्याक्सन हाइटस्थित गोर्खाली  रेस्टुरेन्टमा भएकोबेबी बसन्तीएल्बमको उद्घाटन अमेरिका भ्रमणमा रहेका नेपालीचलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरेका थिए

उक्त कार्यक्रममा NRNA का न्युयोर्क च्यप्टरका सभापति   आङ्ग छिरिङ् शेर्पा, संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन दूततथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका केन्द्रिय उपाध्यक्ष केशबराम राई, कलाकार संघ अमेरिकाकी अध्यक्ष नीशासुनार चर्चित लोक दोहोरी गायक बिमल डाँगी, कलाकार तथा बरिष्ठ नृत्य निर्देशक गोविन्द राई,कलाकार सपना श्रि लगायत बिभिन्नसंघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो।

युक्रा न्युयोर्क च्याप्टरको तर्फबाट अध्यक्ष ममता खालिङ राई, सचिव सन्तोष राई, संस्कृतिक संयोजक रोशन राई सदस्यहरु बबिता राई, मालती राई, बेन्जु राई जानकी राईले फूलका गुच्छा तथा खादा ओढाएर बधाई दिएका थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतका अन्य ब्यक्तित्वहरुले पनि खादा फूलका गुच्छा सहित बधाई दिएका थिए

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार केसीले आफूलाई न्युयोर्कमा यसरी स्वागत गरिएकोमा सबैलाई धन्यवाद दिँदै आफूसितगीत गाएका चलचित्रमा खेलेका साथीहरुसित भेट हुँदा खुसी लागेको बताए

राई आफ्नै आवाज अभिनय रहेको बेबी बसन्ती गीतको भिडियोमा उनले निकै बोल्ट दम्दार प्रस्तुती दिएकी छन् उनी  संगै फुलन्देकीआमा (उमेश राई) आकाश श्रेष्ठ सुरबिर पन्डितको अभिनय रहेको छ।

कार्यक्रमको अन्त्यमा बसन्ती राईले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै हृदयदेखि धन्यवाद ज्ञापन गरेकी थीइन उक्त कार्यक्रमकोसञ्चालन विक्की पुलामीले गरेका थिए

फेसबुक प्रतिक्रियाहरु