hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । पछिल्लो समय नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरु माओवादीमा फर्कने इच्छा व्यक्त गर्न थालेका छन् । एमाले कार्याकर्तादेखी पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत उनीहरुलाई गरेका व्यबाहारका कारण दिक्दार भएका नेताहरु माओवादीमै फर्कने इच्छा देखाउन थालेका हुन् ।

एमालेमा रहेका पूर्व माओवादी नेताहरु र माओवादीका नेताहरुबीच भएका अनौपचारीक छलफलमा समेत उनीहरु फर्कन इच्छा  राखी रहेका छन् । तर, उनीहरुलाई माओवादीले फर्काउन पार्टीले कुनै चासो नदिएको गुनासो पनि गरिरहेका छन्  । उचित व्यवस्थापन सहित टिकट पाएको खण्डमा चुनाव अघि नै उनीहरु माओवादीमा फर्कन तयार रहेको छलफलमा रहेका कानुन पृष्ठभूमिका माओवादी नेताले समाचार दैनिकलाई जानकारी दिए ।

एमाले उपाध्यक्ष समेत रहेका रामबहादुर थापासँग उनकै पूर्व प्रेस सल्लाहकार महेश्वर दाहालले गरेको छलफलमा समेत उनी माओवादीमा फर्कन इच्छुक रहेको बताएका थिए । तर माओवादीले कसरी र कुन ठाउँमा व्यबस्थापन गर्ने भन्ने विषयमा चासो नदिएकोे गुनासो गरेका छन् । माओवादीमा प्रचण्डले उचित व्यवस्थापन र चुनावमा टिकट दिए चुवनाव अघिनै नेताहरु माओवादीमा फर्कने तयारीमा लागेका एमालेमा रहेका एक जना पूर्व माओवादी नेताले बताए ।

 एमाले अध्यक्ष ओली र एमाले कार्याकर्ताहरुले आफुहरुलाई  होच्याउने गरेकै कारण पनि आफुहरु माओवादीमा फर्कने सोच बनाइ रहेको उनको भनाइ छ ।  पार्टीमा फर्केको खण्डमा उनीहरुलाई कसरी व्यबस्थापन गर्ने भन्ने विषयमा पनि माओवादी बृतमा अनौपचारीक छलफल भई रहेको माओवादी नेताहरुले बताउँदै आएका छन् ।  तत्कालीन समयमा नेकपामा जिम्बेवार भुमीकामा रहेका नेताहरु सर्बोच्चको निर्णय पस्चात एमाले बनेका रामबहादुर थापा बादल, टोपबहादुर  रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणी थापा, दावा तामाङ, गौरीशशंकर थारु लगायतका  नेताहरु एमालेमा दिक्दार भई रहेका छन् ।  चुनाव अघि नै पार्टीले  उचित व्यवथापन गरे र चुनावमा टिकट दिएको खण्डमा माओवादमिा फर्कने तयारी समेत गरिरहेका छन् ।

माओवादी भित्र गुटको राजनीति गर्दै आएका बादल पार्टी पुटपछिको एकतामा आए पछि उनलाई माओवादीले राष्ट्रिय सभा सदस्य बनाएर गृमन्त्रीकोसमेत जिम्वेबारी दिएर सरकारको नेतृत्व गर्न पाठाएको थियो   । भट्ट कैलालीबाट शाह राैतहटबाट निर्वाचित भएर मन्त्री भएका थिए । त्यस्तै गरी रायमाझी पनि संसद रहेका थिए  ।

फेसबुक प्रतिक्रियाहरु