२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar २ वर्ष अगाडि

बाबुराम नेतृत्वको नेसपाले  प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ ।  माओवादीको  चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको नेसपालाई माओवादीले  ५ सिट दिएको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनले भने ।

उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए । ‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ । पुनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु