२०८१ बैशाख १७, सोमवार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

आउँदो भदौ ४ गते काठमाडौंमा ‘खोटाङ सांगीतिक साँझ २०७९’ हुने भएको छ ।

खोटाङ कलाकार समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो पटक सांगीतिक साँझ गर्न लागेको जानकारी दिएको हो । कार्यक्रम प्रज्ञाभवन कमलादीमा हुनेछ ।

समाजका अध्यक्ष गायक तथा संगीतकार रुपकुमार राईले खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको जानकारी दिए । कार्यक्रममा बच्चु कैलाश, राजेश पायल राई, सत्यकला राईलगायत चर्चित २० भन्दा बढी खोटाङे कलाकाहरुको जमघट हुनेछ ।

समाजका महासचिव लोकगायक धर्मराज पोखरेलले अग्रजदेखि अनुजसम्मका कलाकारहरुलाई एकैठाउँमा उभ्याउने पनि सांगीतिक साँझको उद्देश्य रहेको बताए । उनले यो कार्यक्रम सकिएपछि समाजको अधिवेशन गर्ने योजना रहेको पनि सुनाउनुभयो । २०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजको अहिले १९ सदस्यीय तदर्थ समिति रहेको छ ।

सांगीतिक साँझ घोषणा कार्यक्रममा अध्यक्ष राईसहित संगीतकारहरु महेश खड्का, शशी गुरुङ, प्राज्ञ तथा गायक, संगीतकार शान्तिराम राई, प्राज्ञ सदस्य एवं गायिका सत्यकला राई, गायिका पार्वती राई, संगीतप्रेमी, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु