२०८१ अशोज ४, शुक्रबार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।

मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको थियो  ।

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।
तमु धीं जापानको निमत्रणामा तृष्णा गुरुङ पहिलो पल्ट जापान आउदै, कोलाब ब्याण्ड सहितको लाएभ कन्सर्ट हुने ।