hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: तमु धीं जापानले आयोजना गरेको  २६ औं रोधी साँझका लागि  चर्चित लोक पप गायिका तथा भ्वाईस अफ नेपाल सिजन तिनका कोच तृष्णा गुरुङ्ग एण्ड “कोलाब ब्याण्ड’ पहिलो  पल्ट जापान आउने भएका छन् ।

टोकियोको सिन्जुकु स्थित  एक चर्चित क्लब  “WRAP CLUB” मा आयोजना गरिएको  २६ औं रोधी साँझको लागि उहाँहरु जापान आउन लागेको  तमु धीं जापानले जानकारी दिएको छ ।

नेपाली सांगितक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका गुरुङ  युवापुस्ता माझ चर्चित छिन ।  गायिका गुरुङका ‘माया पिरती’, ‘गाइने दाजै’, ‘साँझको बेला’, ‘माया मनभरी’ “जाउन माया रोधीं” ‘खानी हो यामु’ गाइने दाइले’ जस्ता दर्जनौ गित चर्चित छन । गायिका गुरुंङ्गले  संसारका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिई सकेकी छिन । टोकियो  पछि  जापानका विभिन्न शहरहरुमा समेत उहाँको प्रस्तुति रहने छ ।

कार्यक्रमबाट संकलित रकम “गुरुङ्ग फिल्म एशोसियसन नेपाल” (GFAN ) को भवन निर्माणमा सहयोग गर्ने धींले जनाएको छ । तमु धीं जापानले आयोजना गर्दै आइरहेको हरेक कार्यक्रमबाट संकलित केहि  रकम कुनै न कुनै माध्यमबाट सहयोग गर्दै आइरहेको छ । विभिन्न समस्या, आर्थिक विपन्नतामा गुज्रिरहेको  वर्ग, क्षेत्र जाती र  समुदायको उत्थान या प्राकृतिक प्रकोपका कारण आफ्ना गाँस बाँस कपास गुमाइरहेका परिवारलाइ राहत स्वरुप सहयोग गर्दै आइरहेको  छ ।

बिदेशी भुमिमा रहेर आफ्नो भाषा,भेषभुषा,  धर्म, कला, संस्कार र संस्कृतिको सधै संरक्षण र सम्बर्धन गर्दै आइरहेको तमु धीं जापानले हरेक वर्ष ल्होशार र रोधी जस्ता महत्वपुर्ण चाड मनाउदै आइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु