२०८१ बैशाख २७, बिहिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौ: सरकारले एकैचोटी भारि मात्रामा  पेट्रोलियम पदार्थको मूल्य घटाएको  छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारि  कटौती गरेको हो ।

महंगिले जनताको ढाड सेकेको भन्दै गठबन्धनको सरकारले महंगी नियन्त्रण गर्न पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको थियो ।  निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको छ ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु