२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाबहादुर पुन ३१६० मतका साथ बिजयी भएका छन ।

उहाका प्रतिद्वान्दी नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनले २९३६ मत ल्याए ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रकाश भरारीले जितेका छन्। उनले ३२४० मत ल्याए। यहाँ एमालेका उम्मेदवार भीमा बुढाथोकीले २७४५ मत ल्याएर पराजित भइन्।

यहा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो।

फेसबुक प्रतिक्रियाहरु