२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu २ वर्ष अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन् । २१ हजार ७५४ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३   मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । दाहालले सुवेदीको भन्दा ३५५ मत बढी पाएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९८९  मत पाएर अग्रता कायम राखेका छन् । एमाले–राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मत प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु