२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । युक्रेनमाथिको आक्रमणलाई लिएर अमेरिका र उसका सहयोगीहरूले रुसी अर्थतन्त्रलाई निशाना बनाएपछि यो निर्णय आएको हो।

बाइडेनले मंगलबार ह्वाइट हाउसमा प्रतिबन्धको घोषणा गरे। यसमा तेल, कोइला, र तरल प्राकृतिक ग्यास समावेश छ।

उनले पुटिन र उनको “युद्ध मेसिन” माथी दबाब कायम राख्न आफ्नो उद्देश्यमा अमेरिका एकजुट रहेको बताएका छन् । उनले पुटिनलाई थप दबाब दिन प्रतिबन्ध लगाएको समेत बताए ।

अमेरिका र उसका सहयोगीहरूले रुसी अर्थतन्त्रलाई  लक्षित गरि लगाएको  प्रतिबन्धले  यस अघिनै ठुलो क्षति पुर्याइरहेको छ । गत वर्ष अमेरिकाबाट आयात हुने तेल र प्रशोधित उत्पादनको ८ प्रतिशत रुसबाट आएको थियो । 

 

फेसबुक प्रतिक्रियाहरु