२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

✍️ शान्तिराज राई

चोमोलुङमा (सगरमाथा) को उत्पति पछि कालान्तरमा भूमिपुत्र खम्बु जातिको उत्पति चोमोलुङमा क्षेत्रमा नै भएकोले अहिले पनि विश्वइतिहासमा खुम्बु क्षेत्र नामकरण गरि लेखिएको स्थानिय शेर्पा भाषामा खुम्बु क्षेत्रलाई (खुम्जुङ)पनि भन्ने गरेको यस तथ्यबाट खम्बु जाति यहि धर्तिमा उत्पति भएको पहिलो मानव नै हो भन्ने पहिचान देखिन्छ

विद्घवानहरुको भनाइ अनुसार एशियाको मध्य अग्लो भुभागबाट मानव जातिको विकास भएको हो  मानव जातिको विकास क्रमको लामो कालखण्डमा खम्बु जातिकै पुर्खाहरुले एशिया देखि यूरोप हुँदै अफ्रिकासम्म आफ्नो जातिय गणहरु फैलाउदै गए कालान्तरमा त्यहि जातिय समुहलाई फारसीहरुले किरियतहिन्दु आर्याहरूले कैलाती अंग्रेज इतिहासकार हरुले किरात भनी नामकरण गरे

भारतका विद्घवान कमला साँस्कृतियनका अनुसार पश्चिम लदाग देखि नेपाल, आसाम, नागाभूमि , बर्मा हुँदै कम्बोडियासम्म बसोवासगरेका मंगोल मुलका भोट बर्मेली भाषा परिवारका सबै जातिहरुलाई महान किरातका बंशहरु हुन भनेका छन् उनैका भनाइ अनुसार नेपालको पश्चिममा बसोवास गर्ने भोटे ,मगर, गुरुङ, विचमा बसोवास गर्ने तामाङ, नेवार, शेर्पा दक्षिणमा बसोवास गर्ने राज किरात, थारु,दनुवार   पुर्वी भागमा बसोवास गर्ने राई, लिम्बू ,धिमाल,मेचे,कोचे आदि सबै महान किरात बंशका शाखा,उपशाखा हुन यसैआधारमा भन्ने हो भने समग्र नेपाल नै किरात राष्ट्र हो भन्न सकिन्छ

 

राणा शासकहरुको उदय भएपछि बनेपा देखि सुनकोसी सम्मको भूभागलाई वल्लो किरात, सुनकोसी देखि अरुणसम्मको भूभागलाई माझ किरात  अरुण देखि मेचिसम्मको भूभागलाई पल्लो किरात भनी प्रशासनिक इकाईको गठन गरि शासन गरेका थिए   पृथ्वीनारायण शाहको उदय पछि भुमिपुत्र  खम्बुका किरात जातिहरुलाई आफ्नै उत्पति थलो  जन्मभूमिमा शाह राणा शासकहरुकोआन्तरिक उपनिवेशीकरणको शासन सत्ताले राजनैनिक अधिकारमाथि, दमन आर्थिक अधिकारमाथि शोषण ,सामाजिक साँस्कृतिकअधिकारमाथि विभेद उत्पीडन मच्चाउदै आयो यो क्रम  २५० बर्षसम्म निरन्तर चलिनै रह्यो।

शोषण ,उत्पीडन,दमन विभेदमापरेका उत्पीडित जातिहरुको लामो समय देखिको निरन्तर जनविद्रोह, जनसंघर्षको राप, ताप दबाबलेवि.सं २००७ सालको जनक्रान्तिबाट राणा शासकहरुको जाहानिय शासन सत्ताको अन्त्य भयो विभिन्न चरणको आन्दोलन ६२,६३ कोजनआन्दोलनले शाहवंशीय निरंकुश राजतन्त्रको अन्त्य गरि वि.. २०७२ सालमा नेपालको संविधानले हामी सार्वभौम सत्तासम्पन्ननेपाली जनता भनी अक्षरस स्थापित गरेको भने देशले ७ (सात) प्रदेश पाएको

अंतत भरखरै प्रदेश नम्बर ले पहिचानको आधारमा आफ्नो प्रदेसको नाम मधेस राखे संगै अब पालो नम्बर प्रदेशको काधमा आएको इतिहास, भुगोल जनभावानाको कदर गर्दै किरात प्रदेस नामकरण गर्न ढिलाई गर्नुहुन्न

फेसबुक प्रतिक्रियाहरु