२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu २ वर्ष अगाडि

जनकपुर: प्रदेश २ ले लामो समय पछी नाम पाएको छ । अब प्मरदेश २ मधेस हुने भएको छ। सोमबार बसेकोफ प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारित गर्दै प्रदेस दुइको नाम मधेश राखेको हो । प्रदेश सभाको बैठकमा सहभागी ९९ सय मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए।

उक्त प्रस्तावका लागि माओवादी र एमालेलेसमेत समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा रहेका थिए। यसअघि ७८ मतसहित प्रदेश २ को राजधानी जनकपुर तोकिएको थियो। अब प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेस भएको छ।

प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको थियो। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह थिए। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका थिए भने मध्य मधेश प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह थिए।

फेसबुक प्रतिक्रियाहरु