२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

जापान: तमु धीं जापान “मिए केन” को प्रथम ल्होसार साँझ सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोबाट केही टाढाको दुरीमा रहेको “मिए केन” को योक्काईचीमा पहिलो पटक तमुहरूले बिबिध  सांस्कृतिक कार्यक्रम सहित ल्होसार साँझ सम्पन्न गरेको हो ।

मिए केन वरपर रहेका अध्ययन लगाएत विभिन्न पेशा व्यवसायमा रहेका तमुहरुले डिसेम्वर २८ मंगलवारको दिनमा ल्होसार मनाएका छन् । परदेशमा रहेर पनि आफ्नो संस्कार संस्कृति र चाडपर्वलाई जिवन्त राख्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पदम तमुले वताउनु भयो ।

फोटो: चित्र प्हच्यु गुरूङ (ल्होसार तमु धीं जापान मिए केन

अध्यक्ष जेबी तमुको सभापतित्वमा भएको कार्यक्रममा तमु धीं जापानका महासचिव चित्र प्हच्यु तमुको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । तमु राष्ट्रीय गान वजाएपछि प्रमुख अतिथि र विशेष अतिथिहरुले संयुक्त रुपमा पानसमा बत्ती बालेर उदघाटन गरेको थियो ।

तमु धीं नागोयाका अध्यक्ष आशिष तमु र स्याङजा समाज जापान नागोयाको सचिव विरेन तमुको विशेष अतिथि र किरात राई यायोक्खा नागोयाको सल्लहकार प्रेम राई पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

सरोज तमुले सन्चालन गरेको कार्यक्रममा संयोजक पदम तमुले स्वागत मन्तव्य राखेको थियो । उपस्थित सबै अतिथिहरुले ल्होसारको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्र प्हच्युले विस्तारै लोप हुन गईरहेको संस्कार संस्कृति, भाषा र भेषभुषा वचाउनु अहिलेको युवा पुस्ताको लागि ठुलो जिम्मेवारी भएको र यो जिम्मेवारी वहन गर्न हामि परदेशमा रहेका तमु युवाहरुले पनि अहम भुमिका निर्वाह गर्नुपर्ने बताए ।

फोटो: चित्र प्हच्यु गुरूङ (तमु धीं जापान मिए केन)

कार्यक्रममा कलाकारहरुले विभिन्न तमु भाषाभाषीका गीतहरुमा नृत्यहरु र गीतहरु प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु