२०८१ बैशाख २३, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

जापानमा   दोस्रो पटक ओमिक्रोन कोरोना भाइरस भेरियन्टबाट  संक्रमित फेला परेको  पुष्टि गरेको छ ।

नोभेम्बरको अन्त्यमा स्वदेश आएका एक विदेशीमा पनि संक्रमण भएको पुष्टि भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

टोकियो नजिकैको नारिता विमानस्थलमा अवतरण गरेपछि क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय संक्रामक रोग संस्थानले उनीबाट लिएको नमूनाको आनुवंशिक विश्लेषण गरेको थियो।

सरकारले संक्रमणको विस्तृत रुटको अनुसन्धान गर्ने र ती व्यक्तिसँग कसैको नजिकको सम्पर्क थियो वा थिएन भनेर पत्ता लगाउने योजना बनाएको छ।

यसले मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुको नेतृत्वमा रहेको कार्यदल जस्ता निकायहरू मार्फत जानकारीको विश्लेषण गर्ने योजना पनि बनाएको छ। सदस्यमा सम्बन्धित मन्त्रालय र निकायका वरिष्ठ अधिकारीहरु रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु