२०८१ जेष्ठ १, मङ्लबार
  • Namaste Khabar २ वर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा रहेका पुर्ब माओबादीहरुले पनि महाधिवेशनमा मत ल्याएर बिजय हुनु पर्ने बताएको छ ।

ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने पनि  बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताएका हुन ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।   महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’

फेसबुक प्रतिक्रियाहरु