२०८१ जेष्ठ १, मङ्लबार
  • Namaste Khabar २ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको भन्दै जो सबै भन्दा धेरै भोट लिएर आउछ त्यो नै मेरो महासचिब हुने बताएको छ ।

एमालेको दशौं महाधिवेशन यहि  १० मंसिरमा चितवनमा हुने भएको भए पनि ओलीले पधाधिकारी मनोनित गर्ने आशाले  पदाधिकारीका आकांक्षीहरु कसैले पनि  मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।

मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको, जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो । ओलीले भने ।

फेसबुक प्रतिक्रियाहरु