२०८१ जेष्ठ ३, बिहिबार
  • Namaste Khabar ३ वर्ष अगाडि

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् ।  विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको बताए । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले विपक्षमा मत दिएका छन् । नेकपा एमालेका ३ सांसद मतदानमा अनुपस्थित रहे ।

मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएन भने दुई सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु